×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रकम हिनामिना गरेर नेपाल बैंकका मेनेजर फरार !

काठमाडौँ । पछिल्लो समय सहकारी भागेको खबर त तपाईं हामीले सुन्दै आएका नै छौँ । तर बैंकका मेनेजर नै बैंकको रकम हिनामिना गरेर भागेको खबर खासै धेरै सुनिँदैन । तर नेपालको पहिलो बैंक नेपाल बैंकका मेनेजर भने बैंकको लाखौँ रकम अपचलन गरेर भागेका छन् । बैंकको बर्दियास्थित गुलरिया शाखाका शाखा प्रबन्धक बैंकको रकम हिनामिना गरेर फरार भएका हुन् । फरार भएका उनको ब्यापक खोजी जारी रहेको छ भने यस विषयमा बैंकको माथिल्लो तहमा समेत रिपोर्टिङ गरिएको छ । बैंक मेनेजर नै फरार भएपछी बैंकले एक विशेष टोली सो ब्रान्चमा अनुसन्धानका लागि खटाएको छ । न्यौपानेले बोक्दै आएको मोबाइल अहिले अफ छ ।
के भन्छ बैंक ?
बैंकका सूचना अधिकारी प्रकाश कुमार अधिकारीले न्यौपाने फरार भएको खबरको पुष्टी गरेका छन् । उनले न्यौपानेले आफ्नो पदको दुरुपयोग गरी रकम अपचलन गरेर भागेको र यस विषयमा बैंकले एक विशेष टोली नै खटाएर अनुसन्धान गरिरहेको बताएका छन् । ‘बैंकका मेनेजरले अलिअलि बदमासी गरेको पाइएको छ । हामीले यस विषयमा विशेष टोली नै खटाएका छौँ । सो टोली अव केहिदिनमा काठमाडौँ आउनेछ । त्यसपछि थप विवरण थाहा हुन्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै अधिकारीले भने- ‘बैंक मेनेजरबाट पदको दुरुपयोग भएको छ । के कति रकम अपचलन भएको छ भन्ने तथ्य हाम्रो विशेष टोली काठमाडौँ फर्किएपछि थाहा हुन्छ।’ उनका अनुसार उनले बैंकको रकम अपचलन गरेको खबर प्राप्त भएपछि बैंकले विशेष टोली सो साखामा खटाएको थियो ।
बैंकका सोहि साखाका अर्का एक कर्मचारीले दिएको जानकारी अनुसार न्यौपानेले बैंकको लाखौं रुपैयाँ हिनामिना गरेका छन् । हिनामिनाबारे बैंकको माथिल्लो तहसम्म रिपोर्ट पुगेको खबर प्राप्त भएपछि उनी फरार भएका हुन् । ‘हाम्रो बैंकमा मेनेजर सरको रबैया पहिलादेखि नै ठिक थिएन । उहाँ मनपरी गर्नमा माहिर हुनुहुन्थ्यो । यसपाली फस्नुभयो।’ ती कर्मचारीले अर्थ सरोकारसँग भने-‘बैंकको विशेष टोली पनि आएको छ । प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।’
के भन्छ प्रहरी ?
जिल्ला प्रहरी कार्यालय बर्दिया, गुलरियाकाका प्रमुख तथा प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर साहीलेसमेत न्यौपाने हराएको विषयमा थप अनुसन्धान जारी रहेको बताएका छन् । ‘परिवारले आफ्ना सदस्य हराएकाले खोजी गरिदिन भन्दै प्रहरीमा उजुरी दिएका छन् । हामीले उहाँको हुलिया अनुसार खोजी गरिरहेका छौं ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै प्रहरी प्रमुख साहीले भने- ‘बैंकले पनि यस विषयमा फलोअप गरिरहेको छ । बैंकबाट रकम अपचलन गरी उनी भागेको भन्दै बैंकले पनि अनुसन्धानबारे अपडेट लिईरहनुभएको छ ।’
उनका अनुसार यस विषयमा थप अनुसन्धान जारी छ । न्यौपानेको फोन नम्बरसमेत अफ भएकाले अहिले प्रहरीलाई उनको लोकेसन ट्रयाक गर्न अफ्ट्यारो भईरहेको छ । तर उनको फोन नम्बर ‘अन’ हुँदासम्म उनलाई सोहि स्थान परिसरमा देखिएको बुझिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: