×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीको भदौ ३० गते वार्षिक साधारण सभा हुँदै, यस्ता छन् पेश गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल पुनर्बीमा कम्पनीको भदौ ३० गते वार्षिक साधारण सभा हुँदै, यस्ता छन् पेश गरिने प्रस्तावहरु

Artha Sarokar

१३ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको भदौ ३० गते ७ औँ वार्षिक साधारण सभा हुने भएको छ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौँमा बिहान ११ बजे सुरु हुने भएको छ । उक्त सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीले भदौ १९ गते बुक क्लोज गर्ने भएको छ । भदौ १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि रहेको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी