काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सातौं वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभामा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने एजेण्डा पनि रहेको छ । प्रस्तावित बोनस सेयर सरकार र बिमा समितिबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा राखिएको छ । सभा गर्न कम्पनीले भदौ १९ गते बुक क्लोज गर्ने भएको छ । जसकारण भदौ १८ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश लिन र सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्