×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज सेयर बजारमा ‘शुक्रबारको अन्तिम कारोबार’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

आज सेयर बजारमा ‘शुक्रबारको अन्तिम कारोबार’ !

काठमाडौं । शुक्रबार कारोबार हुँदै आएको सेयर कारोबार बन्द हुने भएको छ । बिहिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पूँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषयक कार्यक्रममा बोल्दै नेप्सेका प्रबन्धक निरन्जन फुयालले अर्को सातादेखि सो व्यवस्था हट्ने जानकारी दिएका हुन् । अहिले नेप्सेमा शुक्रबार पनि सेयर कारोबार हुँदै आएको छ ।

यसभन्दा अगाडी सरकारले आइतबारको सार्जजनिक बिदा खारेज गरेसँगै नेप्सेले शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो । ‘अहिले शुक्रबारसहित नेपालमा ६ दिन सेयर कारोबार भईरहेको छ । शुक्रबारको हकमा ११ बजेदेखि १ बजेसम्म कारोबार हुँदै आएको छ’, फुयालले भने, ‘तर सो व्यवस्थालाई हटाई अब शुक्रबार सेयर कारोबार बन्द गर्छौं । ६ दिन हुने सेयर कारोबार अब पहिलाकै अवस्थामा फर्काउछौँ । हप्तामा पुनः ५ दिनमात्रै कारोबार हुन्छ ।’

सोही कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डको निर्णय सँधै लगानीकर्ताकै पक्षमा रहने बताएका छन् । ‘हमालले अहिले धितोपत्र बोर्ड चुनौतिकाबीच गुज्रिरहेको छ । अहिलेको समय भनेको चुनौतिकैबीच अवसर खोज्ने समय हो’, अध्यक्ष हमालले भने, ‘लगानीकर्ताकै हामी नेतृत्वमा आएका हौँ । लगानीकर्ता भएकै कारण हामी छौँ त्यसैलेपनि बोर्डले जे निर्णय गर्छ त्यो लगानीकर्ताको हितकै लागि सोचेर गर्छ ।’ त्यस्तै हमालले बुक बिल्डिङ प्रणालीलाई जोगाएर प्रभावकारी रुपमा अगाडि लैजानुपर्नेसमेत बताएका छन् ।

‘एसएमई प्लेटफर्मको प्राविधिक समस्या २ महिनामा समाधान गर्नुपर्छ । र समयमा अडिट गर्न नसक्नेलाई वर्गीकरण गर्नपनि आवश्यक छ । क्यापिटल मार्केट इन्स्टिच्युट यही वर्ष स्थापना भएर अर्काे वर्ष जसरी भएपनि कार्यक्रम सुरु हुनुपर्छ’, कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको नेप्सेको सिस्टमले १७० भन्दा बढी ब्रोकर धान्दैन । ब्रोकर लाइसेन्स ओपन गर्दा ब्रोकर खोल्नेको संख्यामा नसोचेको संख्या देखिन सक्ने कुरामा पनि सचेत रहनुपर्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: