×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

र त्यसपछि जन्मियो ‘नेप्से अल्फा’… (भिडियोसहित)

काठमाडौँ । राजकुमार केसी पेशाले इन्जिनियर थिए । इन्जिनियर भएर पनि सेयर बजारप्रतिको लगाव उनीमा गहिरो थियो । र त धेरै अघिदेखि नै सेयर बजारमा ‘ट्रेड’ गर्थ्य उनी । इन्जिनियरिङ पेशासँगै बजारप्रतिको मोह निकै थियो उनमा, जुन अझै बढेर गएको छ अहिले  । इन्जिनियरिङ पेशामै रहँदा पनि उनको ध्यान कामसँगै बजारमा पनि हुन्थ्यो ।  सेयर बजारमा गर्न सके धेरै राम्रो गर्न सकिन्छ  भन्ने थाहा थियो उनलाई ।
त्यसैले पनि ‘साइन्स ब्याकग्राउण्ड’का केसी कम्पनीका बारे बुझ्न थाले, कम्पनीका बारे अध्ययन गर्न थाले । तर अध्ययनका लागि उनीसँग पर्याप्त तथ्यांक थिएन । नेप्सेले दिने ‘र डाटा’लाई विश्लेषण गरेर कसैले राखिदिए त्यसले कति मद्धत गर्ने थियो भन्ने लाग्थ्यो उनलाई ।
जव राजकुमारले ‘माटो’को सुगन्धका अगाडी ‘बालुवा’ फिक्का देखे
नेपालमै काम गरिरहेका उनलाई समयले विदेश पुर्यायो । विदेशमा पनि काम राम्रै चलिरहेको थियो । नेपालमा भन्दा सार्है राम्रो काम, दाम, र आराम थियो उनलाई । आफुलाई चाहिने भन्दा राम्रो पैसा कमाउँथे उनी । आरामको जिन्दगी थियो । उनी डिमाण्डमा पर्ने इन्जिनियर थिए विदेशमा पनि । उनका धेरै साथीहरुले उनको काम देखेर ‘ओहो ! विदेशमा खुब राम्रो हुँदैछ राजकुमारको’ भन्थे । तर जति नै राम्रो जागिर भए पनि उनको मन नेपालमा थियो । चार पर्खालबीचको जिन्दगी मन परेन उनलाई । जति नै गरे पनि, आफ्नो भूमिजसो कहाँ हुँदो रहेछ र विदेश, सायद उनले माटो र बालुवाबीचको भिन्नता बुझे, र फर्कने सोच गरे आफ्नै देश नेपाल ।
विदेशमा रहंदा पनि उनी नेपालको बजारमा ‘ट्रेड’ गर्थे । तर उनलाई खड्किरहेको थियो, एउटा त्यस्तो सिष्टम, जसले लगानीकर्ताले चाहेको कुरा देओस् । नेपालमा आएपछि उनले आफ्नो आवश्यकतालाई एउटा सिष्टम बनाएर लगानीकर्तालाई दिने इक्षा राखेका थिए । र नेपाल आएपछि उनले बनाएको त्यहि सिष्टम, अहिले ‘नेप्से अल्फा’का नाममा परिचित छ । नेप्से अल्फा यतिसम्म लोकप्रिय बनिसकेको छ कि, सेयर बजारमा ट्रेड गर्ने र नेप्से अल्फा नचलाउनेहरु निकै कम छन् । नि:शुल्क रुपमा तथ्यांकहरुको प्राविधिक विश्लेषण दिने नेप्से अल्फा अहिले धेरै सेयर लगानीकर्ताका लागि एउटा वेव साइटमात्र होइन, एउटा दैनिकी बनिसकेको छ । आज दैनिक औसत ५ लाख पटक हेरिने नेप्से अल्फामा लाखौँ युजरहरु छन्, र ती युजरहरु थपिने क्रम जारी छ ।
आउँदैछ ‘प्रो भर्जन’
अहिले नेप्से अल्फाले दिएका सबै सेवाहरु नि:शुल्क छन् । आफ्नो सेवालाई अझै परिस्कृत बनाउँदै लैजाने क्रममा नेप्से अल्फाले ‘प्रो भर्जन’ ल्याउँदैछ । केसीको दाबी छ -‘नेप्से अल्फाको यो भर्जनले कुन कम्पनी टाँट पल्टिदैछ भन्नेसम्मको संकेत दिनेछ । ‘सस्तो सेयर’ नाम दिइएको यो प्रोडक्टका लागि उनी अहिले निकै लागिपरेका छन् । उनको टिम, यसमा अहोरात्र खटिरहेको छ । ‘छिट्टै नै सस्तो सेयर बजारमा आउनेछ । हामी यसमा सकेको सबै गरिरहेका छौँ । छिट्टै नै सेयर लगानीकर्तालाई एउटा विशेष सफ्टवेरबाट सेवा दिनेगरी आउनेछौँ ।’ अहिले पनि धेरैले नेप्से अल्फाको सेवालाई यतिसम्म मन पराएका छन् नि, दैनिक इमेलमा थुप्रै ‘धन्यवाद सन्देश’हरु आउने गरेका छन् । पछिल्लो समय बजारमा देखिएका यस्ता सेवा प्रदायकहरुमध्ये नेप्से अल्फा र्यांकीङमा मात्र होइन, विश्वासका हिसाबले पनि नम्बर १ छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: