काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार पनि नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २१५ कम्पनीको ८५ लाख ६९ हजार ००५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २५ करोड २२ लाख ११ हजार २ सय६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहिबारको सेयर बजारमा बलेफी हाईड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सामलिङ पावर कम्पनी, रिभर फल्स पावर, बिन्ध्याबासिनी हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, नेष्डो समृद्ध लघुवित्त र समृद्धी फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २५ करोड २२ लाख ११ हजार २ सय६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्टिलरी, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, गोर्खाज फाइनान्स, लुम्बिनी विकास बैंक, अरुण भ्याली हाईड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी, युनाईटेड मोदी हाईड्रोपावर, नेष्डो समृद्ध लघुवित्त र हिमाल दोलखा हाईड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा युनाईटेड इदि मर्दी आरबि हाईड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । युनाईटेडको सेयरमा यस्तो गिरावट आउँदा ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७, हिमाल दोलखा हाइड्रोपावर कम्पनी,साल्ट ट्रेडिङ कर्पोरेसन र विशाल बजार कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्