Skip to content
LAXMI SUNRISE BANK

दशैं आयो…!भदौ २६ गतेबाट नयाँ नोट सटही गर्न पाइने

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहारमा नयाँ नोट बजारमा उपलब्ध गराउने तयारी थालेको छ । चाडपर्वलाई लक्षित गर्दै भदौ २६ गतेबाट नयाँ नोट बजारमा उपलब्ध गराउने राष्ट्र बैंकले तयारी थालेको छ ।

भदौ २६ गतेबाट बजारमा नयाँ नोट सटही गर्न पाउने राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् । ‘हरेक वर्ष जस्ते यसवर्ष पनि दशैं तिहारमा बजारमा नयाँ नोट ल्याउने तयारी गरेको छ’, उनले भने, ‘२६ गतेबाट प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी छ ।’ नेपालका अनुसार ग्राहकहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्नेछन् ।

प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने नेपालले बताएका छन् । हाल नेपाल राष्ट्र बैंकसँग साना दरका १० अर्ब भन्दा बढी नयाँ नोट मौज्दात रहेको बताउँदै नेपालले केही छपाई भएर आउने क्रममा रहेको जानकारी दिएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK