काठमाडौं । ङादी ग्रुप पावरले आज साउन १८ गते बुधबारदेखि हकप्रद सेयर जारी गर्ने गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
यसमा असार १९ गतेसम्म कायम रहने सेयरधनीले भदौ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सो हकप्रदमा सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यस्तै सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत् अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।