×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बढी ब्याज दिएको भन्दै एनआईसी एशियालाई बैंकर्स संघले स्पष्टिकरण सोध्यो, जवाफमा एनआईसी एशियाले के लेख्यो ?

काठमाडौँ भद्र सहमति तोडेर निक्षेपकर्तालाई बढी ब्याज दिएको भन्दै नेपाल बैंकर्स संघले एनआईसी एशिया बैंकलाई कारवाहीको चेतावनीसहित स्पष्टिकरण सोधेको छ । रेमिट्यान्स खाता अन्तर्गत बढी ब्याज दिएको भन्दै संघले एनआईसी एशिया बैंकलाई स्पष्टिकरण सोधेको हो ।  बैंकर्स संघका एक पदाधिकारीले एनआईसी एशिया बैंकलाई स्पष्टिकरण सोधिएको पुष्टी गरेका छन् ।
‘निक्षेपकर्तालाई एनआईसी एशिया बैंकले संघको भद्र सहमति तोडेर बढी ब्याज दिएको भन्दै संघमा एक बैंकको उजुरी परेको थियो । एक सदस्य बैंकले भद्र सहमतिभन्दा बढी ब्याज दिएको प्रमाणसहित एनआईसी एशियाविरुद्ध उजुरी दिएपछि कुरा के हो भनेर सोध्नुपरिहाल्यो । त्यहि भएर एनआईसी एशिया बैंकलाई स्पष्टिकरण सोधिएको हो ।’ संघका एक अधिकारीले अर्थ सरोकारसँग भने- ‘हाल अहिले बैंकहरुले व्यक्तिगततर्फ एक वर्षको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याजदर दिने गर्छन् । रेमिट्यान्स खाता अन्तर्गत १२.०३ प्रतिशत ब्याजदर दिन पाउने व्यवस्था छ । ‘एनआईसी एशियाले १३ प्रतिशत ब्याज दिएको भन्ने कुरा आएको छ । १३ प्रतिशत ब्याज दिईएको हो भने अरुको डिपोजिट खोसिने डर भयो । केहि बैंकरहरु आत्तिनुभएको छ । त्यसैले बैंकलाई पत्र काटिएको हो ।’
के भन्छ एनआईसी एशिया बैंक ?
एनआईसी एशिया बैंकले पनि संघको पत्र आएको पुष्टी गरेको छ । ‘पत्र आएको हो । तर विस्तृतमा कुरै नबुझी पत्र आएछ । हामीले हाम्रो कुरा लेखेर पठाईसक्यौँ ।’ एनआईसी एशिया बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने -‘खासमा भद्र सहमति भाद्र महिनाका लागि भएको हो । हामीले साउन महिनामै सो ब्याजसहितको अफर लेटर सम्बन्धित निक्षेपकर्तालाई दिईसकेका थियौँ । पैसा पछि ‘रियलाईज’ भयो । सोहि कुरा देखाएर ती निक्षेपकर्ता अन्य बैंकमा गएर थप ब्याजका लागि कुराकानी गरेको देखियो । त्यसपछि कुरा संघसम्म पुगेको रहेछ । हामीले यहि विवरणसहितको जवाफ संघमा पठाईसकेका छौँ ।’
उनका अनुसार एनआईसी एशिया बैंक संघको सबैखाले सहमति मान्ने कुरामा कहींकतै पनि चुकेको छैन । ‘हाम्रै बैंकका सीइओ रोशन न्यौपाने आफैं पनि संघका कार्यसमिति सदस्य हुनुहुन्छ। संघको कुरा नमान्ने कुरै भएन । हामीले संघका सबै खालका भद्र सहमति मान्दै आएका छौं ।’ बैंककै अर्का एक उच्च अधिकारी भन्छन्- ‘हामीलाई मात्र होइन, अन्य केहि बैंकलाई पनि पत्र गएको छ । सबैको भएको उस्तै हो । तर मिडियामा सूचना दिनेले पनि एनआईसी एशिया मात्र दिनुभएछ ।’
अन्तर बैंक कारोबार बन्द गर्ने चेतावनी !
संघका एक पदाधिकारीले दिएको जानकारी अनुसार  एनआईसी एशिया बैंकसँग अन्तर बैंक कारोबार बन्द गर्ने संघले चेतावनी दिएको छ । यसअघि २०७४ सालमा ज्ञानेन्द्र ढुंगाना हुँदा पनि बैंकर्स संघले बैंकलाई यस्तै चेतावनी दिएको थियो । बैंकले चेतावनी नमानेपछि संघले सबै बैंकले एनआईसी एशियासँग अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको थियो । पछि बैंक नै पछि हटेपछि यो केस सल्टिएको थियो ।
‘साथीहरुले पत्रमा चेतावनीसहितको विवरण लेखौं भन्नुभयो र लेखिएको हो । कसैले कसैलाई बहिष्कार गर्ने भन्ने चीज गलत प्रमाणित भईसकेको चीज हो । त्यहाँसम्म पुग्नु त नपर्ला । तर पत्रको व्यहोराचाहिं त्यस्तै लेखिएको सत्य हो । त्यसमाथि बैंकको कुरा पनि त सुन्नुपर्यो । त्यहि कुरा सुन्न नै हामीले पत्र लेखेका हौँ । जहाँसम्म मैले बुझेको छु, यो साउनमै दिइएको अफर हो । त्यसो रहेछ भने बैंकले कतै पनि गल्ती गरेको देखिंदैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: