×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया बैंकको ‘पैसा राख्न र झिक्न मिल्ने मेशिन’: कसरी प्रयोग गर्ने ? कस्तो छ ग्राहकको प्रतिक्रिया ? (भिडियो)

काठमाडौं । दिनहुँ नयाँ–नयाँ प्रविधि भित्र्याइरहने एनआईसी एशिया बैंकले मेशिनबाटै रकम जम्मा गर्ने प्रविधि भित्र्याएसँगै यो मेशिन अहिले ग्राहकको रोजाईमा पर्न थालेको छ । भौचर भर्नुपनि नपर्ने, लाइन बस्नुपनि नपर्ने, भएपछि ग्राहकहरु यो मेशिनतर्फ आकर्षित भएका हुन् । बैंकले आफ्नो कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथलीमा राखेको यो मेशिन अहिले दिनमै सयौँको संख्यामा ग्राहकहरुले प्रयोग गर्न थालेका छन्। यो मेसिनबाट एटिएम कार्डको प्रयोग गरी रकम झिक्न, जम्मा गर्न तथा खाताबारे विभिन्न जानकारी लिन सकिन्छ ।
कसरी गर्ने मेसिनको प्रयोग ?
क्यास डिपोजिट पनि गर्न मिल्ने र क्यास झिक्न पनि मिल्ने मेसिनलाई सिआरएम मेसिन भनिने रहेछ ।बैं कका कर्मचारी दिपक घिमिरेका अनुसार सुरुमा मेसिनमा एटिएम कार्ड राख्नुपर्छ । यदी रकम जम्मा गर्ने हो भने ग्राहकले मेसिनमा डिपोजिट विकल्प छान्नुपर्ने हुन्छ । त्यसपछि मेसिनले पैसा राख्नका लागि सटर खोल्छ र ग्राहकले जम्मा गर्ने रकम सोही सटरमा राख्नुपर्छ । त्यसपछि मेसिनले जम्मा गर्न चाहेको र जम्मा भएको रकम कम्फर्म गर्न आदेश दिन्छ, सोही अनुसार ग्राहकले रकम कन्फर्म गरेपछि तत्कालै खातामा पैसा जम्मा हुन्छ । ‘जम्मा भएको रकमको जानकारी ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा सोही मेसिनबाट पनि लिन सक्नेछन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै घिमिरेले भने, ‘पैसा झिक्न मात्र होइन, राख्न पनि मिल्ने भएकाले यो मेशिन अहिले सबैको आकर्षणको केन्द्रबिन्दु बनेको छ ।
घिमिरेका अनुसार एनआईसी एशिया बैंकले सुरु गरेको क्यास रिसाइक्लर मेसिन (सिआरएम) बाट दैनिक ग्राहकले एउटा कारोबारमा न्युनतम ५०० रुपैयाँदेखि अधिकतम ९९,५०० रुपैयाँसम्म जम्मा गर्न सकिन्छ । यसरी १० पटकसम्म गरेर ग्राहकले अधिकतम ९ लाख ९५ हजार रकम जम्मा गर्न सक्नेछन् । ‘यो मेसिनबाट ग्राहकले १०० र ५०० का दरका नोटहरु मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।’ उनले भने।
ग्राहकका लागि कति सहज ? के भन्छन् सेवाग्राही ?
एनआईसी एशिया बैंकले सुरु गरेको यो मेसिनको प्रयोगले निकै सहज भएको ग्राहकको भनाई छ । ‘यो मेसिन साह्रै लाभदायक छ, साह्रै सहज र ग्राहकको सेवाका लागि निकै उपलब्धिमुलक छ । यसको प्रयोगले आम जनतालाई धेरै सहज भएको छ,’ बैंकमा रकम जम्मा गर्न पुगेका एक ग्राहकले अर्थ सरोकारसँग भने –‘म पनि यहाँ पैसा जम्मा गर्न आएको हो, तर मलाई यो मेसिनको बारेमा थाहा थिएन । सरहरुले यसको बारेमा भनेपछि मैले यही मेसिनबाट पैसा जम्मा गरेको हुँ । ‘यो मेसिनको प्रयोग एकदमै सजिलो रहेछ । भौचर पनि भर्न नपर्ने, पालो पनि कुर्नु नपर्ने भएपछि मेरो समयको पनि बचत भएको छ । यस्तो मेसिन बैंकका अन्य शाखाहरुपमा पनि विस्तार भए झनै राम्रो हुन्थ्यो । बैंकले यो मेसिन ल्याएर हाम्रो दैनिकीलाई निकै सहज बनाएको छ ।’
ग्राहकको सहजताका लागि भावी दिनमा यो मेसिनलाई बैंकको अन्य शाखाहरुमा पनि विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटलाईज गर्दै आएको बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै ‘क्यास रिसाइक्लर मेसिन’ (सिआरएम)को प्रयोग आरम्भ गरिएको बैंकले जनाएको छ । बैंकिङ क्षेत्रमा नयाँ उचाई छुने यात्रामा हिँडेको एनआईसी एशिया बैंकले हालसम्म देशभर बैंकका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: