×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

एनएमबि क्यापिटलद्धारा ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२’ बिक्री खुला, साउन ३१ गतेसम्म आवेदन दिन सकिने

BIZBAZAR

काठमाडौं । एनएमबि क्यापिटलले म्युचुअल फण्ड योजना बिक्री खुला गरेको छ । कम्पनीले साउन २६ गते बिहीबारदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ नामक म्युचुअल फण्ड योजना बिक्री खुला गरेको हो । कम्पनीले कुल १२ करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।

क्यापिटलको उक्त इकाईमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भने भदौ ९ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने भएका छन् । लगानीकर्ताले सी-आस्वाको माध्यमबाट इकाई भर्न सक्ने भएका छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal