×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकले ६६ हजार ६ सय ३० कित्ता संस्थापक सेयर बिक्री गर्ने, ३५ दिन भित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनएमबी बैंकले ६६ हजार ६ सय ३० कित्ता संस्थापक सेयर बिक्री गर्ने, ३५ दिन भित्र आवेदन दिनुपर्ने

Artha Sarokar

६ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका हुन् । बैंकका संस्थापक सेयरधनी विजय मान बहादुर फागुले आफ्नो नाममा रहेको ५२ हजार ३ सय ५ कित्ता र भानु भक्त शर्माले १४ हजार ३ सय २५ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिन भित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी