काठमाडौं । एनएमबि बैंकले देशभरका सातै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्रै भएको शाखाको विशेष घोषणा गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै बैंकले सो घोषणा गरेको हो । योसँगै कार्यक्रममा महिला सशक्तिकरणमा सक्रिय भएर कार्य सम्पादन गर्दै आएका महिला नेतृत्वको अनुभव समेत साटासाट गरिएको थियो ।
‘महिला सशक्तिकरण, आजको आवश्यकता’ भन्ने मुल ध्येयका साथमा बैंकले आयोजना गरेको कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारी, महिला उद्यमी, विभिन्न बैंक तथा वित्तिय संस्थाका महिला प्रमुख तथा कार्यकारी अधिकृत लगायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकले प्रदेश नम्बर १ को टंकिसिनुवारी, मधेस प्रदेशको महोत्तरी, बागमती प्रदेशको बल्खु, गण्डकी प्रदेशको चाउथे, लुम्बिनी प्रदेशको भलवारी र सुदूरपश्चिम प्रदेशको धनगढी शाखा महिला नेतृत्वमा सञ्चालन भईरहेको भन्दै विशेष घोषणा गरेको थियो । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्