×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भूकम्प अपडेट : केन्द्रबिन्दु बेल्कोटगढीका स्थानीय भन्छन्- ‘बैसाख १२ जस्तै महसुस भयो, फेरि धक्का देला भन्ने पीर छ’

काठमाडौँ । धेरैपछि काठमाडौँ नै हल्लाउनेगरी भूकम्पको ठुलो धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
यता केन्द्रबिन्दु बेल्कोटगढीका स्थानीयले भने आफुहरुलाई बैसाख १२मा जस्तै महसुस भएको बताएका छन् । शनिबार विहान अर्थ सरोकारसँग कुराकानी गर्दै त्यहाँका स्थानीयले केन्द्रबिन्दु नै आफ्नो ठाउँमा भएको पछिमात्र थाहा भएको तर भूकम्पको धक्का निकै ठुलो महसुस भएको बताएका छन् । ‘बेल्कोटगढी नै केन्द्रबिन्दु रहेछ भन्ने तथ्यचाहिं अलि पछि समाचारबाट थाहा पायौँ । तर भूकम्पको धक्काचाहिं ठुलै महसुस भयो । बैसाख १२ जस्तै महसुस भयो।’ त्यहाँका एक स्थानीयले अर्थ सरोकारसँग भने-‘एक पटक त गईहाल्यो, फेरि जाला कि भन्ने पीर भो ।’
यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो भने गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । काठमाडौँ नै हल्लिएपछि भने नागरिकहरु अलि बढी आत्तिएका छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: