×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पिपुल्स पावरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ निष्कासन, कहिले सम्म दिन पाइन्छ आवेदन ?

PRIME CA

पिपुल्स पावरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ निष्कासन, कहिले सम्म दिन पाइन्छ आवेदन ?

३१ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पिपुल्स पावर कम्पनीले आइपीओ निष्कासन गरेको छ । कम्पनीले साउन ३१ गते मंगलबार (आज)बाट सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो ।

जसमध्ये १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस आइपीयोमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले पिपुल्स पावरलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ । केयर रेटिङले २४ मे २०२२ मा उक्त रेटिङ दिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: