Skip to content
LAXMI SUNRISE BANK

दशैं अगाडि नै महँगो रक्सी आयात खुला हुँदै, मोबाइल आयात पनि खुला गरिने, प्रस्ताव क्याबिनेट पुग्यो !

अर्थ सरोकार

काठमाडौं । नेपालमा लगाइएको विदेशी मदिरा र मोबाइल आयातको प्रतिबन्ध खुल्ने भएको छ । नेपाल सरकारले मदिरा र मोबाईसहित अन्य १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, प्रतिबन्धपछि सो समानको अवैध आयात तथा कारोबार बढ्न थालेपछि राजस्व असुली प्रभावित भएको भन्दै प्रतिबन्ध खोल्ने तयारी गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमार्जित आयात प्रतिबन्ध प्रस्ताव मन्त्रिपरिपद्मा पेस गरेको छ । आयात व्यवस्थापन गर्न बनेको समितिमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामेश्वर दंगाल, वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल लगायत रहेका छन् ।

प्रतिबन्धले अवैध कारोबार बढायो, राजस्व असुली प्रभावित 

विदेशी मुद्रा सञ्चितिमा दबाद परेको भन्दै विगत ४ महिनादेखि सरकारले लगाएको प्रतिबन्धको अवधि यही भाद्र १४ गते (मंगलबार) सकिदैछ । आयात प्रतिबन्धपछि नेपालमा मोबाइल र मदिराको अवैध व्यापार बढेपछि सरकारले प्रतिबन्ध खोल्ने तयारी गर्न लागेको आयात व्यवस्थापनका एक अधिकारीेले बताए । ‘विदेशी मुद्रा सञ्चिति बढाउन वस्तुको आयातमा प्रतिबन्ध लगाइयो । तर, आयात रोकिनुको सट्टा उल्टै अवैध कारोबारमा वृद्धि भयो ।’ वाणिज्य मन्त्रालयका एक कर्मचारीले अर्थ सरोकारसँग भने, -‘प्रतिबन्ध गरिएको वस्तुको अवैध कारोबार बढ्दा झन् राजस्व असुली प्रभावित बनेको छ । यस्तै पनि प्रतिबन्धको समय सकिँदैछ । सम्पुर्ण विषयलाई ध्यानमा राखेर सरकारले अब प्रतिबन्ध हटाउने तयारी गरेको छ ।’

दशैँ अगाडि नै प्रतिबन्ध खुल्ने 

समितिका एक सदस्यका अनुसार आयात प्रतिबन्धलाई संसोधन गर्ने तयारी थालिएको छ । ‘प्रतिबन्धले बजारमा बस्तुको आयात र कारोबारमा कमि आएन, बरु उल्टै अवैध कारोबार बढेको छ । बजारमा प्रतिबन्ध गरिएका सामाग्रीको अभाव छैन’, उनले भने, ‘बढेको मदिरा र मोबाइलको अवैध कारोबारले देशको राजस्व असुली प्रणालीलाई प्रभावित पारेको छ । जुन उद्धेश्य प्राप्तीका लागि प्रतिबन्ध गरिएको हो, त्यो नै प्राप्त नभएपछि प्रतिबन्धको खासै औचित्य रहँदैन । त्यसैले पनि दशै अगावै प्रतिबन्ध खोल्ने तयारी छ । सोही अनुसार सरकारमा प्रस्ताव समेत गरेका छौँ ।’

समितिका एक सदस्यका अनुसार विश्व बजारमा लोकप्रिय आइफोनले नेपाल सरकारलाई नै पत्राचार गरी आयातमा प्रतिबन्ध नलगाइदिन आग्रह गरेपछि मोबाइलमा प्रतिबन्ध खुलाउन दबाब बढेको छ । मन्त्रालयले १५० सीसी क्षमताका मोटरसाइकलमा भने प्रतिबन्ध यथावत गर्ने तयारी गरेको छ । यस्तै महँगा गाडी आयातमा पनि प्रतिबन्ध यथावत राख्ने तयारी गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK