×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारतमा बढ्यो बैंक ब्याजदर, यस वर्ष मुद्रास्फीति दर ६.७ प्रतिशत रहने रिजर्भ बैंकको प्रक्षेपण

काठमाडौं । भारतीय रिजर्भ बैंकले तेस्रो पटक बैंक ब्याजदरमा वृद्धि गरेको छ । भारतमा बैंकले ब्याजदर ५० आधार विन्दु (०.५%) ले बढाएसँगै हाल बैंक ब्याजदर ५.४० प्रतिशत पुगेको हो । रिजर्भ बैंकले मे महिनायता ब्याजदर वृद्धि गरेको यो तेस्रो पटक हो । बढ्दो मुद्रास्फीति दरलाई नियन्त्रणमा राख्न ब्याजदर बढाइएको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले जानकारी दिएका छन् ।

यस वर्ष भारतको मुद्रास्फीति दर ६.७ प्रतिशत रहने प्रक्षेपण केन्द्रीय बैैंकको रहेको छ । गभर्नर दासका अनुसार रिजर्भ बैंकको सहन क्षमता अनुसार मुद्रस्फीति दर ६ प्रतिशत बिन्दुमा कायम राख्नका लागि ब्याजदरमा वृद्धि गरिएको हो । भारतको मुद्रास्फीति दर लगातार छैटौं पटक जुन महिनामा ६ प्रतिशत भन्दा माथि गएको थियो । समग्रमा यस वर्षमात्रै भारतको केन्द्रीय बैंकले कुल १४० आधार विन्दुले ब्याजदर बढाइसकेको छ । अझैपनि ब्याजदरमा वृद्धि हुनसक्ने गभर्नर दासले बताएका छन् ।

गत साता भारतीय मुद्रा इतिहासकै कमजोर बन्दै प्रतिडलर ८० रुपैयाँसम्म झरेको थियो । रिजर्भ बैंकको हस्तक्षेपपछि केही सम्हालिएपनि भारतीय रुपैयाँ फेरि नयाँ ऐतिहासिक न्यून विन्दुमा पुग्ने विश्लेषण भइरहेको छ । भारतीय रुपैयाँको स्थिरताका लागि पनि पहल चाल्नुपर्ने आवश्यकता रहेको गभर्नर दासको भनाई छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: