×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

रमेश हमालले बोलेको कुरा पूरा गरेरै छोडे, अव मर्जरमा जाने कम्पनीको कारोबार  १५ दिनमात्रै रोक्का ! (भिडियो)

BIZBAZAR

काठमाडौँ। मर्जर तथा प्राप्तिका नाममा महिनौँसम्म सेयर कारोबार रोक्का हुने प्रवृतिको अब अन्त्य हुने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको विशेष पहलमा अन्तत: लगानीकर्तालाई ठूलो राहत हुने गरी  मर्जर तथा एक्विजिसनमा जाने सूचीकृत संस्थाहरूको सेयर काराेबार १५ दिन मात्र रोक्का हुने भएको हो ।

नेपाल धितोपत्र बोर्डले बिहीबार सार्वजनिक गरेको संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिकाको मस्यौदामा उक्त व्यवस्था प्रस्ताव गरिएपछि लगानीकर्तालाई छिट्टै नै ठुलो राहत हुनेगरी प्रक्रिया अगाडी बढेको छ । प्रस्ताव जस्ताको त्यस्तै लागू भएमा अव बढीमा १५ दिनभित्र मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर कारोबार खुल्नेछ ।

मौद्रिक नीतिमार्फत व्यवस्था गरी नियामक नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनमा जाने संस्थाहरुको सेयर कारोबार रोक्ने सम्बन्धी नीतिगत व्यवस्था गर्न धितोपत्र बोर्डलाई जिम्मा दिएको थियो । बोर्डले सार्वजनिक गरेको यो मस्यौदा सुझावका लागि सार्वजनिक गरिएको हो।

‘संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा अर्को संस्थालाई प्राप्ति गर्ने संस्थाको भने सेयर कारोबार रोक्का राख्नुपर्ने छैन,’ निर्देशिकामा भनिएको छ ।

मर्जर तथा प्राप्तिमा जाने संस्थाहरूको डिडिए रिपोर्ट गरेपछि मात्रै स्वाप रेसियोबारे निर्णय गर्नुपर्ने प्रस्ताव पनि बोर्डले मस्यौदामा राखेको छ । यसअघि पहिला नै स्वाप रेसियो फाइनल गरेर कर्मकाण्डी डिडिए हुँदै आएको थियो ।

धितोपत्र बोर्डमा सार्है आशा गरिएका रमेश हमालले एक पछि अर्को लगानीकर्ता मैत्री निर्णय गरिरहेका छन् । उनले छिट्टै नै बैंकहरुले लिने आश्वा शुल्क पनि घटाउने तयारी गरिरहेका छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal