Skip to content
LAXMI SUNRISE BANK

कर्पोरेट मुभमेन्ट : सांग्रिला डेभलेपमेन्ट बैंकको सीईओमा पुनः चाटर्ड एकाउन्टेन्ट श्रेष्ठ

अर्थ सरोकार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले आगमी चार वर्षका लागि सीईओमा श्रेष्ठलाई नै दोहोराउने निर्णय गरेको हो ।

तत्कालिन एस डेभलेपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठको सांग्रिला बैंकमा यो दोस्रो कार्यकाल हो । बैकिङ क्षेत्रमा लामो अनुभव संगालेका श्रेष्ठले व्यवस्थापनमा स्नातक गरेका छन् भने उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।

श्रेष्ठको बैंकिङ अनुभव नियाल्ने हो भने उनको बैंकिङ करियर हिमालयन बैंकबाट सुरु भएको देखिन्छ । उनले पहिलोपटक हिमालयन बैकबाट जुनियर अफिसरबाट करियर सुरु गरेका थिए । निरन्तर आफ्नो कर्ममा लागिरहेका श्रेष्ठ सन् २००५ मा इन्भेष्टमेन्ट बैंकको सहायक प्रबन्धक बने ।

यसो त उनको प्रगति यतिमै रोकिएन, बर उनी सन् २००९ मा तत्कालिन भिवोर बैंकको वरिष्ठ प्रबन्धक पनि भए । त्यसपछि तत्कालिन एस डेभलेपमेन्टमा प्रमुख कार्यकारी अधिकृत भईसकेका उनी सांग्रिला डेभलेपमेन्ट बैंकमा सीईओको दोस्रो कार्यकालका लागि पनि नियुक्त भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK