काठमाडौँ । नेपाल धितोपत्र बोर्डको निर्देशन विपरित सानिमा बैंकले असुलेको गैरकानुनी आश्वा शुल्क बैंकले फिर्ता गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ५ रुपैयाँ भन्दा बढी आश्वा शुल्क उठाउन नपाइने निर्णय गरी सम्बन्धित सबै बैंकलाई जानकारी गराउँदा पनि सो निर्देशनलाई अटेर गरी सानिमा बैंकले २० रुपैयाँ आश्वा शुल्क उठाएको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि सानिमा बैंकले सो गैरकानुनी असुली फिर्ता गर्ने बताएको हो ।
नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले सी–आस्वा शुल्क बढीमा ५ रुपैयाँ कायम गरेको छ । यो निर्णय मंगलबारदेखि नै कार्यान्वयनमा आएको भए पनि सानिमा बैंकले भने बुधबार सि-आश्वा शुल्कवापत २० रुपैयाँ असुल गरेको पाइएको थियो ।
‘तपाईंले खबर गरेपछि मात्र थाहा पाएँ, नियामकीय निर्देशनविपरित उठाइएको रकम फिर्ता हुन्छ ।’ सीइओ पाण्डेले अर्थ सरोकारसँग भने, ‘नियामकको निर्देशन निर्विकल्प पालना गर्नुपर्छ । धितोपत्र बोर्डले ५ रुपैयाँ लिनुस् भनेपछि हामीले पाँच रुपैयाँ नै लिने हो । तर, प्राविधिक त्रुटीले कसैको २० रुपैयाँ काटिएको रहेछ भने रिफण्ड हुन्छ ।’
धितोपत्र बोर्डको निर्देशनपछि आफुले सोहि अनुसारको सर्कुलर जारी गर्न लगाएको दाबीसमेत उनले गरेका छन् । ‘धितोपत्र बोर्डले आस्वा शुल्क अधिकतम पाँच रुपैयाँ लिने भनी निर्देशन जारी गरेसँगै बैंकमा पनि सोही अनुसार निर्देशन दिएको थिएँ । तर, त्यसो नहुनु र बढी शुल्क असुल्नुमा सिस्टमको समस्या वा केही प्राविधिक त्रुटी हुनसक्छ । म त्यसलाई तुरुन्तै सच्याउन निर्देशन दिन्छु ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै सीईओ पाण्डेले भने –‘सबैजनाको पैसा रिफण्ड हुन्छ । धितोपत्र बोर्डले निर्देशन जारी गरिसकेपछि नमान्ने भन्ने कुरै हुँदैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्