×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गैरकानुनी धन्दा’को बात लागेपछि सानिमा बैंकले सि-आश्वा शुल्क लिनै छोड्यो, अन्य बैंक पनि खारेज गर्ने मुडमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘गैरकानुनी धन्दा’को बात लागेपछि सानिमा बैंकले सि-आश्वा शुल्क लिनै छोड्यो, अन्य बैंक पनि खारेज गर्ने मुडमा !

सुदर्शन श्रेष्ठ

१२ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन विपरित सि-आश्वा शुल्क लिएको भन्दै सानिमा बैंकको चर्को विरोध भएपछि अन्तत: बैंकले सि-आश्वा शुल्क नै खारेज गरिदिएको छ । बैंकले आफ्ना सम्पूर्ण खाताहरुमा आईपीओ भर्दा लाग्ने सि–आश्वा शुल्क नलाग्ने व्यवस्था गरिएको जानकारी सार्वजनिक रुपमै दिएको हो । बैंकले एक सूचना जारी गर्दै बैंकको खाता प्रयोग गर्दा सि-आश्वा शुल्क नलिने निर्णय गरेको जानकारी गराएको हो । यस अघि सानिमा बैंकले गैरकानुनी शुल्क लिएकोबारे प्रश्न गर्दा बैंकका सीइओ निश्चल राज पाण्डेले बैंकले गैरकानुनी रुपमा उठाएको शुल्क फिर्ता गर्ने र सीआश्वा शुल्क नै खारेज गर्ने बताएका थिए । उनको प्रतिबद्धता अनुसार बैंकले उठाएको गैरकानुनी शुल्क पनि फिर्ता भएको छ भने अन्तत: सि-आश्वा शुल्क पनि खारेज भएको छ ।
अन्य बैंकहरु पनि सि-आस्वा शुल्क खारेज गर्ने मुडमा !
अहिले धितोपत्र बोर्डले सीआश्वाका नाममा बढीमा ५ रुपैयाँ मात्र लिन पाउने व्यवस्था गरेपछि अहिले विभिन्न बैंकहरु सीआश्वा शुल्क घटाउने मुडमा पुगेका छन् । ‘अहिले बोर्डले सि-आश्वा शुल्क पाँच रुपैयाँभन्दा बढी नलिनु भनेको छ । नियामकको निर्देशन नकार्नेसमेत कुरा भएन । पाँच रुपैयाँ लिनुभन्दा नलिएर ग्राहकको मन जित्नु ठिक भन्ने कुरा धेरै साथीहरुको छ।’ एक बाणिज्य बैंकका सीइओले अर्थ सरोकारसँग भने – ‘सायद अव धेरै बैंकहरुले सीआश्वा शुल्क खारेज गर्नेछन् । हामी पनि खारेज गर्ने मुडमा छौँ ।’ उनका अनुसार अव ढिलोचाँडो केहि बैंकलाई छोडेर अधिकांस बैंकले सि-आस्वा शुल्क लिनै छोड्नेछन् ।
हाल एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, नबिल बैंकबाट आईपीओ भर्दा सि–आस्वाका नाममा कुनैपनि शुल्क तिर्नुपर्दैन । अव, सानिमा बैंकले पनि आस्वा शुल्क नलाग्ने व्यवस्था गरेको छ । बोर्डको निर्देशन अगाडी तीन बैंकले सीआश्वा शुल्क नलिने गर्थे । बोर्डको निर्देशन आउन लागेको र बोर्डले बढीमा ५ रुपैयाँ यस्तो शुल्क लिन पाउने व्यवस्था गर्ने तयारीमा रहेको सुईको पाएपछि कुमारीले सीआश्वाको शुल्क खारेज गरेको थियो । बोर्डको निर्देशनपछि पनि गैरकानुनी शुल्क उठाएको बात लागेपछि सानिमा बैंकले पनि सीआश्वा शुल्क खारेज गरेको हो । कुमारी र सानिमाको कदमपछि अव अन्य बैंकहरुले पनि यस्तो शुल्क खारेज गर्ने तयारी गरिरहेका छन् ।
आस्वा शुल्क बढीमा ५ रुपैयाँ, तर नियम मिच्नेलाई पनि भएन कारवाही !
यसो त अहिले नेपाल धितोपत्र बोर्डले सि-आश्वा शुल्क बढीमा ५ रुपैयाँ लिन पाउने जानकारी सबै बैंकहरुलाई दिईसकेको छ । तर अझै पनि केहि बैंकले सो निर्णयलाई टेरेका छैनन् । कतिपय बैंकले भने ढिलो सूचना आएको भन्दै शुल्क घटाएर असुल भएको बढी रकम फिर्तासमेत गरेका छन् । यो खबर तयार गर्दासम्म सिद्धार्थ बैंक लगायतले सि-आश्वा शुल्क तोकिएको भन्दा बढी लिईरहेको छ । यसरी आफ्नो निर्देशनको धज्जी उड्दा पनि धितोपत्र बोर्डले ती बैंकहरुलाई कारवाहीको प्रक्रिया भने अगाडी बढाएको छैन ।
‘हामीले बढी शुल्क लिनेलाई किन यस्तो गरेको भनेर सोधेका छौं । धेरैले प्राविधिक समस्या हो भनिरहनुभएको छ र लिएको बढी शुल्क पनि फिर्ता गरिरहनुभएको छ । त्यसैले अहिले हामीले खासै कुनै कारवाही प्रक्रिया अगाडी नबढाएका हौँ ।’ बोर्डका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने -‘बढीमा ७ दिनभित्र पनि हाम्रो निर्णय कार्यान्वयन भएन भने हामी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउँछौँ ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी