काठमाडौँ । भूकम्प जानेबित्तिकै नागरिकले हेर्ने पहिलो वेव साइट हो सिस्मोनेपाल । अर्थात भूकम्पसम्बन्धि जानकारी दिने सरकारी वेवसाइट । २०७२ सालको महाभूकम्प जाँदा यो वेवसाइट नेपालीहरुको दैनिकीजस्तै बनेको थियो । तर पछिल्लो समय भने सरकारी वेवसाइट सिस्मोनेपालको ‘हरिबिजोग’ छ । यो वेवसाइटमा न समयमा अपडेट हुन्छ, न खोजेका बेला खुल्छ ।
शनिबार पनि त्यस्तै भयो । काठमाडौँमा धेरैपछि भूकम्पको ठुलो धक्का महसुस भयो । विहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएपछि धेरैले सरकारी वेवसाइट खोले । तर त्यतिबेला यो साइट पूरै डाउन थियो । अहिले साइट खुलेको त छ तर भूकम्पको पछिल्लो अपडेट त्यहाँ छैन । सरकारी वेवसाइटको यस्तो हरिबिजोग हुँदा संचारमाध्यममा भूकम्पबारे भिन्न-भिन्न जानकारीहरु अपडेट भईरहेका छन् ।
गत बैसाख १२, २०७२, शनिबारको दिन गएको महाभूकम्पपछि नेपालमा धेरै साना ठुला परकम्पहरु गईरहेको भएपनि शनिबार गएको भूकम्पले नागरिकहरु थप आत्तिएका छन् । तर भूकम्प कहाँ केन्द्रबिन्दु भएर गयो, वा कति रेक्टरस्केलको गयो भन्ने थाहा नहुँदा नागरिकमा द्विविधा बढेको छ । रेडिएन्ट इन्फोटेक नेपालजस्तो कमजोर र ‘विवादित’ कम्पनीलाई सरकारी वेवसाइटको यति ठुलो काम दिंदा पनि समस्या देखिएको हो।
अपडेट : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्