×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भूकम्पबारे जानकारी दिने सरकारी वेव साइटको ‘हरिबिजोग’, भूकम्प गएपछि डाउन भईहाल्छ, समयमा अपडेट नै हुँदैन !

काठमाडौँ । भूकम्प जानेबित्तिकै नागरिकले हेर्ने पहिलो वेव साइट हो सिस्मोनेपाल । अर्थात भूकम्पसम्बन्धि जानकारी दिने सरकारी वेवसाइट । २०७२ सालको महाभूकम्प जाँदा यो वेवसाइट नेपालीहरुको दैनिकीजस्तै बनेको थियो । तर पछिल्लो समय भने सरकारी वेवसाइट सिस्मोनेपालको ‘हरिबिजोग’ छ । यो वेवसाइटमा न समयमा अपडेट हुन्छ, न खोजेका बेला खुल्छ ।
शनिबार पनि त्यस्तै भयो ।  काठमाडौँमा धेरैपछि भूकम्पको ठुलो धक्का महसुस भयो । विहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएपछि धेरैले सरकारी वेवसाइट खोले । तर त्यतिबेला यो साइट पूरै डाउन थियो । अहिले साइट खुलेको त छ तर भूकम्पको पछिल्लो अपडेट त्यहाँ छैन । सरकारी वेवसाइटको यस्तो हरिबिजोग हुँदा संचारमाध्यममा भूकम्पबारे भिन्न-भिन्न जानकारीहरु अपडेट भईरहेका छन् ।
गत बैसाख १२, २०७२, शनिबारको दिन गएको महाभूकम्पपछि नेपालमा धेरै साना ठुला परकम्पहरु गईरहेको भएपनि शनिबार गएको भूकम्पले नागरिकहरु थप आत्तिएका छन् । तर भूकम्प कहाँ केन्द्रबिन्दु भएर गयो, वा कति रेक्टरस्केलको गयो भन्ने थाहा नहुँदा नागरिकमा द्विविधा बढेको छ । रेडिएन्ट इन्फोटेक नेपालजस्तो कमजोर र ‘विवादित’ कम्पनीलाई सरकारी वेवसाइटको यति ठुलो काम दिंदा पनि समस्या देखिएको हो।
अपडेट : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: