काठमाडौँ । काठमाडौँमा पूँजीबजारबारे खास बहससहितको कार्यक्रम सम्पन्न भएको छ । सेयर ब्रोकर, धितोपत्र बोर्ड, र सिडीएससीका प्रतिनिधि एकै ठाउँमा राखेर सो बहस सम्पन्न भएको हो । आर्थिक पत्रकार समाज (सेजन)को आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा सेयर बजारको भौगोलिक बिकास, ब्रोकरको साखा बिस्तार, सीडीएससीको बजारमा भूमिका लगायतका विषयमा चर्चा, परिचर्चा भएको थियो ।
कार्यक्रममा ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले धितोपत्र बोर्डको अहिलेको ऐन कानुनले ब्रोकर कार्यालय उपत्यका बाहिर जान समस्या भएका बताएका छन् भने ब्रोकरको शाखा विस्तार हुनुपर्ने र त्यसो गर्दा ब्रोकरको खर्च बढ्ने उनको तर्क छ । शाखा खोल्न, आधिकारिक प्रतिनिधि राख्ने विषयमा धितोपत्र बोर्डले समयमा काम नगरेको दाबी गर्दै उनले ब्रोकरको करोडौ लगानी भएकोले काठमाडौंमा मात्रै बसेर नपुग्ने भन्दै काठमाडौं बाहिर जान नदिने हो भने व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने धारणा राखेका थिए ।
यस्तै कार्यक्रममा सेयर बजारका विज्ञ मनोज शाहीले ‘पुँजी बजारको भौगोलिक विस्तार’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै पूँजी बजार विकासका लागि उपयुक्त प्रविधि आवश्यक रहेको बताएका थिए । सेयर बजार विस्तारका लागि प्रविधि राम्रो हुनुपर्ने र त्यसले बजारमा देखिएका धेरै समस्या समाधान गर्ने बताउँदै उनले नेपालमा कतिपय लगानीकर्ताले मोबाइल ट्रेडिङ सुरु गरेको भन्दै अब त्यही अनुसारको प्रविधिको विकास आवश्यक भएको उनको तर्क छ । बाँकी भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्