काठमाडौं । पूँजी बजारको सुधारका लागि विभिन्न माग राख्दै संर्घषरत तिलक कोइरालाले अर्को अभियान थालेका छन् । बजारमा लगानीकर्ताका समस्या समाधानका लागि भन्दै थुप्रै संगठनहरु खोलिएका भएपनि हितका लागि काम कम भएको निश्कर्ष निकाल्दै कोइरालाले ‘सम्पूर्ण लगानीकर्ताको एउटै संगठन’ अभियान थालेका हुन् ।
यसैबीच शुक्रबार काठमाडौंमा एक विशेष भेलाको आयोजना गर्दै सेयर लगानीकर्ताहरुले सबै संगठन एक हुनुपर्ने आवाज उठाएका छन् । लगानीकर्ता तिलक कोइराला, रोहन कार्की, सुबासचन्द्र भट्टराई लगायतले सबै लगानीकर्ताका संगठनहरु एक हुनुपर्नेतर्फ जोड दिएका छन् ।
सयौँको संख्यामा उपस्थित लगानीकर्ताहरुले पनि यो निश्कर्ष लगानीकर्ताको हितमा रहेको भन्दै समर्थन जनाएका छन् । सो भेलाबाट १५ सदस्यीय सक्रिय समितिसहितको ५२ सदस्यीय एकता समिति समेत गठन गरिएको छ । कार्यक्रमका झलकहरु तस्विरमा हेर्नुहोस्ः