×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबारको कारोबार बन्द गर्न नेप्सेले लगानीकर्ताको लिखित माग खोजेपछि लगानीकर्ता नेप्सेमा, बोर्डमा पुन: एजेण्डा लगिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शुक्रबारको कारोबार बन्द गर्न नेप्सेले लगानीकर्ताको लिखित माग खोजेपछि लगानीकर्ता नेप्सेमा, बोर्डमा पुन: एजेण्डा लगिने !

राधिका श्रेष्ठ

९ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । कसैको पनि लिखित असहमति नआएको भन्दै नेप्सेको संचालक समितिले शुक्रबारको कारोबार तत्काल स्थगन गर्न नमानेको खबर अर्थ सरोकारले ब्रेक गरेपछि लगानीकर्ताको एक समूह नेप्से पुगेको छ । नेप्सेमा पुगेर ती लगानीकर्ताहरुले शुक्रबारको कारोबार बन्द गर्नुपर्ने माग गर्दै लिखित निवेदन दिएका छन् । नेप्सेले लगानीकर्ताको संगठनबाट लिखित माग खोज्दा पनि कसैले नदिएपछि  लगानीकर्ताहरु राकेश छुका, मोद प्रसाद त्रिपाठी, दिपेश केसी र दिर्घकार उपाध्ययले नेप्सेमा संयुक्त निवेदन दिएका हुन् ।
अव यहि निवेदन राखेर संचालक समितिमा पुन: सो एजेन्डा जानेछ । केहि समय अगाडी काठमाडौँमा आयोजित एक कार्यक्रममा नेप्सेका सहायक प्रबन्धक निरञ्जन फुँयालले नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको बताएका थिए । नेप्सेले पनि सेयर कारोबार पाँच दिन नै ठिक भएको भन्दै शुक्रबारको कारोबार स्थगन गर्ने भन्दै संचालक समितिमा सो एजेन्डा प्रस्तुत गरेको थियो । बोर्डले पनि निर्देशन दिएपछि संचालक समितिमा सो एजेण्डा गएपनि संचालक समितिले उपयुक्त कारण नभएको भन्दै सो एजेण्डा अस्वीकृत गरेको थियो । ‘बल्ल लगानीकर्ताको एउटा पत्र आयो । अरुको पनि आईदिए सजिलो हुन्थ्यो । सबैले शुक्रबार कारोबार नभए हुन्थ्यो त भने, तर लिखित निवेदन लिएर एउटा समूहमात्र आयो । फेरी संचालक समितिले आधिकारिक संगठनको चाहिन्छ भन्यो भने फेरी यो एजेण्डा फेल हुन्छ । यहाँभन्दा अरु के नै भनौँ र ?’ नेप्सेका एक उच्च अधिकारीले भने-‘शुक्रबार कारोबार बन्द गर्नुपर्छ भन्ने हामीलाई पनि लागेको छ । तर संचालक समितिलाई कन्भिन्स गराउन सकिएको छैन ,’
नेप्सेमा निवेदन लिएर पुगेका लगानीकर्ताहरु कोहि पनि संगठनका पदाधिकारी छैनन् । उनीहरुले एउटा सामान्य निवेदन लेखेर नेप्सेमा बुझाएका छन् । यद्यपी नेप्सेका सीइओ पनि शुक्रबार कारोबार बन्द गर्नुपर्ने मुडमा पुगिसकेकाले उनलाई यहि पत्र नै काफी हुने संकेत देखिएको छ । सो पत्रमा अन्तराष्ट्रिय कानुन अनुसार पनि विश्वभर ५ दिन मात्र सेयर कारोबार हुने हुनाले नेपालमा पनि त्यसै हुनुपर्ने उल्लेख छ । ‘विगतमा नेपाल सरकारको निर्णय बमोजिम आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिइने निर्णय भएको सर्वविदितै छ । सोही निर्णय अनुसार सेयर बजारमा पनि आइतबार बिदा दिई शुक्रबार सेयर बजार खुलाएको थियो पछि नेपाल सरकारले उक्त निर्णय फिर्ता लिई सकेपछि हाल आइतबार पनि कार्यालयहरु संचलानमा आएको छ र सोही बमोजिम सेयर बजार पनि आइबार संचालनमा आयो तर नेप्सेले शुक्रबार कारोबार बन्द गर्नुपर्नेमा बन्द नगरी प्रत्येक शुक्रबार २ घण्टा कारोबार संचालन गरीरहेको छ ।’ निवेदनमा भनिएको छ- ‘अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने निवेदन गर्दछौं । अब उप्रान्त पूर्व यथावत अवस्थामै हप्तामा ५ दिन मात्र सेयर कारोबार संचालनको लागि हामी आम लगानी कर्ताहरुले अब शुक्रबार सेयर कारोबार पूर्ण रुपमा बन्द हुनु पर्छ भनी हस्ताक्षर संकलन गरी पेश गरेका छौं ।’
बुधबारमात्र अर्थ  सरोकारसँग कुराकानी गर्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बोर्डले नेप्सेलाई शुक्रबारको कारोबार बन्द गर्न निर्देशन दिईसकेको बताएका थिए । सरकारले जेठ १ गतेदेखि लागु हुनेगरी शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार पनि सेयर कारोबार खोल्ने निर्णय गरेको थियो । पछि विदा खारेज भएपछी नेप्सेले शुक्रबार केहि समयका लागि बजार खोल्ने निर्णय गरेको थियो । अहिले शुक्रबारको कारोबार धेरैलाई ‘घाँडो’ भईरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी