×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले बढ्यो नेप्से परिसूचक !

PRIME CA

झिनो अंकले बढ्यो नेप्से परिसूचक !

१६ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार पनि नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १.१५ अंकले बढेर २१९६.२५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३८ करोड ३१ लाख ११ हजार ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै सोमबारको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । स्वाभिमानको सेयरमा यस्तो गिरावट आउँदा स्ट्याण्डर्द चार्टर्ड बैंक, सुर्यदोय वोमी लघुवित्त, १०.३५% कृषि बैंक डेभेन्चर २०८३, विन नेपाल लघुवित्त वित्तीय संस्था र मनकामना लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः


यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३८ करोड ३१ लाख ११ हजार ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्टिलरी, हाईड्रो इलेक्ट्रिसिटि एण्ड डेभलपमेन्ट, अपि पावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर र गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा बुटवल पावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ६ प्रतिशत भन्दा धेरै हो । यस अलावा सिटिजन्स म्युचल फण्ड -२, गुडविल फाइनान्स, दोर्दी खोला जलविद्युत कम्पनी र हाईड्रो इलेक्ट्रिसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: