×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार सेयर बजारमा ३४ अंकको गिरावट, २ अर्ब ६२ करोडमाथिको कारोबार !

PRIME CA

शुक्रबार सेयर बजारमा ३४ अंकको गिरावट, २ अर्ब ६२ करोडमाथिको कारोबार !

२० श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ३४.६१ अंकले घटेर २११३.५५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २१३ कम्पनीको ६४ लाख १६ हजार ६ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड ६६ लाख २९ हजार ९ सय ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी शुक्रबारको सेयर बजारमा जोशी हाईड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ५ प्रतिशत भन्दा धेरै हो । यस अलावा ग्लोबल आइएमई समुन्नत स्किम -१, उपकार लघुवित्त वित्तिय संस्था, कालिका लघुवित्त वित्तिय संस्था, बलेफी हाईड्रोपावर र एनएमबि हाईब्रिड फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड ६६ लाख २९ हजार ९ सय ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, हिमालयन डिष्टिलरी, अपि पावर कम्पनी,  अरुण काबेली पावर र युनिभर्सल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा मैलुंग खोला जल विद्युतका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । मैलुंग खोलाको सेयरमा यस्तो गिरावट आउँदा गुहेशोव्री मर्चेन्ट बैंक, युनाईटेड आइदिआइ मर्दी आरबि हाईड्रोपावर कम्पनी, समलिंग पावर कम्पनी, इमर्जिङ्ग नेपाल लिमिटेड र तेर्हथुम पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: