काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२३ कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड २७ लाख ९४ हजार ७ सय ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा हिमालयन हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दाले बढेको हो । यस अलावा अपर हेवाखोला हाईड्रोपावर कम्पनी, एनआइसी एशिया सेलेक्ट फण्ड-३०, दोर्दी खोला जल विद्युत कम्पनी, जाल्पा सामुदायिक लघुवित्त र मेगा म्युचल फण्ड -१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड २७ लाख ९४ हजार ७ सय ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्टिलरी, नेस्डो सम्बृद्ध लघुवित्त, हिमालयन एभरेस्ट इन्स्योरेन्स र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । युनिलिभरको सेयरमा यस्तो गिरावट आउँदा बुद्धभुमि नेपाल हाईड्रोपावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सम्वृद्धि फाइनान्स, समलिंग पावर कम्पनी र छ्याँग्दी हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्