काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २१७ कम्पनीको ७८ लाख १३ हजार १ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २९ करोड ३२ लाख २७ हजार १ सय ५६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । राष्ट्र उत्थानको सेयरमा यस्तो गिरावट आउँदा १२% गुडविल फाइनान्स लिमिटेड डेभेन्चर २०८३ , किसान लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स र लक्ष्मी उन्नति कोषमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २९ करोड ३२ लाख २७ हजार १ सय ५६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, गुडविल फाइनान्स लिमिटेड, युनाईटेड आइडिआइ मर्दी आरबि हाईड्रोपावर र नेस्दो सम्बृद्ध लघुवित्तको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यसैगरी मंगलबारको सेयर बजारमा बिन्ध्याबासिनी हाईड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरै हो । यस अलावा समलिंग पावर कम्पनी, हिमाल दोलखा हाईड्रोपावर, रिभर फल्स पावर लिमिटेड र फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्