×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार घट्यो सेयर बजार, ४ अर्ब ०२ करोडमाथिको सेयर कारोबार हुँदा नेप्से २१८६.७७ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार घट्यो सेयर बजार, ४ अर्ब ०२ करोडमाथिको सेयर कारोबार हुँदा नेप्से २१८६.७७ बिन्दुमा

Artha Sarokar

१८ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २१८ कम्पनीको ९५ लाख ४२ हजार ६ सय २६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ०२ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २५ करोड ३४ लाख ३० हजार ६ सय ७० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बुधबारको सेयर बजारमा स्ट्याण्डर्द चार्टर्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । स्ट्याण्डर्द चार्टर्डको सेयरमा यस्तो गिरावट आउँदा गुडविल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (तराई), युनाईटेड इन्स्योरेन्स, नेपाल एसबिआइ बैंक र एनएलजी इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २५ करोड ३४ लाख ३० हजार ६ सय ७० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, हिमालयन डिष्टिलरी, हिमाल दोलखा हाईड्रोपावर कम्पनी, युनाईटेड आइडिआइ मर्दी आरबि हाईड्रोपावर र युनिभर्सल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा बिन्ध्याबासिनी हाईड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरै हो । यस अलावा समलिंग पावर कम्पनी, बलेफी हाईड्रोपावर, युनाईटेड आइडिआइ मर्दी आरबि हाईड्रोपावर, सम्वृद्धि फाइनान्स र रिभर फल्स पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी