काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १०.२७ अंकले घटेर २१२३.८२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २१९ कम्पनीको ६१ लाख ०६ हजार ५ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १३ करोड ८९ लाख ८२ हजार १ सय ६३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा तेर्हथुम पावर कम्पनी, उपकार लघुवित्त वित्तिय संस्था, गुहेशोवोरी मर्चेन्ट बैंक एण्ड फाईनान्स, एनआइसी एशिया सेलेक्ट फण्ड -३० र सहस उर्जा लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १३ करोड ८९ लाख ८२ हजार १ सय ६३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, फरवार्ड माइक्रोफाईनान्स लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी र सहस उर्जा लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । नयाँ सारथीको सेयरमा यस्तो गिरावट आउँदा समलिंग पावर कम्पनी, ग्रामिण विकाश लघुवित्त वित्तीय संस्था, रुरु जलविद्युत, विन नेपाल लघुवित्त वित्तिय संस्था र सिटिजन्स म्युचल फण्ड -१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्