×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार घट्यो सेयर बजार, २ अर्ब ८५ करोडमाथिको कारोबार हुँदा नेप्से २१०६.१५ बिन्दुमा

PRIME CA

सोमबार घट्यो सेयर बजार, २ अर्ब ८५ करोडमाथिको कारोबार हुँदा नेप्से २१०६.१५ बिन्दुमा

२३ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १७.६८ अंकले घटेर २१०६.१५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २१४ कम्पनीको ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २० करोड ७१ लाख ६८ हजार ९ सय ३५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा गुराँस लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा हिमालयन हाईड्रोपावर लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, आरबिबि म्युचल फण्ड-१, समता घरेलु लघुवित्त वित्तिय संस्था र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २० करोड ७१ लाख ६८ हजार ९ सय ३५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, न्यास्नल हाईड्रोपावर कम्पनी, हिमालयन डिष्टिलरी र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा जानकी फाईनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । जानकीको सेयरमा यस्तो गिरावट आउँदा एनआइसी एशिया सेलेक्ट फण्ड -३०, सिनर्जी पावर डेभलपमेन्ट, एशियन लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक र माउनटेन हाईड्रो नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: