×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार घट्यो सेयर बजार, २ अर्ब ८१ करोडमाथिको कारोबार हुँदा नेप्से २०६०.७३ बिन्दुमा

PRIME CA

मंगलबार घट्यो सेयर बजार, २ अर्ब ८१ करोडमाथिको कारोबार हुँदा नेप्से २०६०.७३ बिन्दुमा

२४ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४३.३५ अंकले घटेर २०६२.८० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२२ कम्पनीको ६६ लाख ४६ हजार ०३६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १५ करोड १० लाख ९७ हजार ७ सय ६६ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा हिमालयन हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दाले बढेको हो । यस अलावा गुराँस लघुवित्त वित्तिय संस्था, ८.५ % नेपाल इन्भेस्टमेन्ट बैंक डेभेन्चर २०८४, युनिलिभर नेपाल लिमिटेड, गुडविल फाईनान्स लिमिटेड र ८.५ % एसबिएल डेभेन्चर २०८४ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १५ करोड १० लाख ९७ हजार ७ सय ६६ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, नबिल बैंक, नेपाल दूरसंचार कम्पनी र अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा गणपति लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । गणपति लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा घलेम्दी हाईड्रो लिमिटेड, पञ्चकन्या मै हाईड्रोपावर, ङ्गादि हाईड्रोपावर , मध्येभोटेकोशी जल विद्युत कम्पनी र राष्ट्र उत्थान लघुवित्त संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: