×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार घट्यो सेयर बजार, १ अर्ब ९३ करोडमाथिको कारोबार हुँदा नेप्से २०५६.८८ बिन्दुमा

PRIME CA

बुधबार घट्यो सेयर बजार, १ अर्ब ९३ करोडमाथिको कारोबार हुँदा नेप्से २०५६.८८ बिन्दुमा

२५ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.९१ अंकले घटेर २०५६.८८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २१८ कम्पनीको ४६ लाख ४० हजार ८ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १० करोड ६८ लाख ७९ हजार ४ सय ६७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा हिमालयन हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दाले बढेको हो । यस अलावा युनिलिभर नेपाल लिमिटेड, सिटिजन्स म्युचल फण्ड-१, विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तिय संस्था र सीइडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १० करोड ६८ लाख ७९ हजार ४ सय ६७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, नबिल बैंक, नेपाल दूरसंचार कम्पनी र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा हिमालयन एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । हिमालयन एभरेस्टको सेयरमा यस्तो गिरावट आउँदा हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स लिमिटेड, सिद्धार्थ इक्युती फण्ड , लक्ष्मी लघुवित्त वित्तिय संस्था र कर्णाली डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: