काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२७ कम्पनीको ४५ लाख ५९ हजार ०२२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ५३ लाख ९६ हजार ५ सय १४ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा अपर हेवाखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा कालिका पावर कम्पनी, समलिंग पावर कम्पनी, सिटिजन्स म्युचल फण्ड-१, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था र ९.५ % एनसिसि डेभेन्चर २०८६ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ५३ लाख ९६ हजार ५ सय १४ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, स्वावलम्बन लघुवित्त वित्तिय संस्था र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा गुराँस लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । गुराँस लघुवित्त वित्तियको सेयरमा यस्तो गिरावट आउँदा हिमालयन डिष्टिलरी, एमर्जिंग नेपाल लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, मल्टिपर्पोज फाईनान्स कम्पनी र हिमालयन हाईड्रोपावर लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्