×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओरालो लागेको नेप्से सोमबार उफ्रियो, ५५.८८ अंकले बढेपछि चम्किला बने लगानीकर्ताका अनुहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ओरालो लागेको नेप्से सोमबार उफ्रियो, ५५.८८ अंकले बढेपछि चम्किला बने लगानीकर्ताका अनुहार

Artha Sarokar

३० श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५५.८८ अंकले घटेर २०६५.८९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २१५ कम्पनीको ६० लाख २६ हजार १ सय ९२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २१ करोड ०२ लाख ५२ हजार ३ सय ६७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मल्टिपर्पोज फाईनान्स कम्पनी, राधि विद्युत कम्पनी, रिभर फल्स पावर लिमिटेड, पञ्चकन्या मै हाईड्रोपावर र अपर हेवाखोला हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २१ करोड ०२ लाख ५२ हजार ३ सय ६७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, नेपाल दूरसंचार कम्पनी र अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा रिडी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । रिडी पावरको सेयरमा यस्तो गिरावट आउँदा गुराँस लघुवित्त वित्तिय संस्था, शिवम् सिमेन्ट, १०.२५ % एनआइसी एशिया डेभेन्चर २०८३/८४, ८.५% एसबिएल डेभेन्चर २०८४ र ग्लोबल आइएमइ समुन्नत स्किम-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी