×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार घट्यो सेयर बजार, २ अर्ब ७३ करोडमाथिको कारोबार हुँदा नेप्से २०४१.०६ बिन्दुमा

PRIME CA

मंगलबार घट्यो सेयर बजार, २ अर्ब ७३ करोडमाथिको कारोबार हुँदा नेप्से २०४१.०६ बिन्दुमा

३१ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२१ कम्पनीको ६४ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ४० करोड ८२ लाख ४७ हजार ८ सय ८८ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा अपर हेवा खोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा स्वाभिमान लघुवित्त वित्तिय संस्था, कुमारी इक्युटिफण्ड, सिद्धार्थ इक्युटि फण्ड, एनआइबिएल प्रगति फण्ड र हिमालयन बैंक लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ४० करोड ८२ लाख ४७ हजार ८ सय ८८ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, महालक्ष्मी विकाश बैंक, नेपाल दूरसंचार कम्पनी र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।  युनिलिभरको सेयरमा यस्तो गिरावट आउँदा दोर्दी खोला जलविद्युत कम्पनी, पञ्चकन्या मै हाईड्रोपावर, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन उर्जा विकाश कम्पनी र आइएमइ जेनेरल इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: