काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ०.३६ अंकले घटेर २०४०.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२० कम्पनीको ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १८ करोड ४३ लाख ११ हजार ८ सय ९८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा स्वेत गंगा हाईड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मन्दाकिनी हाईड्रोपावर लिमिटेड, अपर हेवा खोला हाईड्रोपावर, अपर सोलु हाईड्रो इलेक्ट्रीसिटि, सपोर्ट माईक्रोफाइनान्स र दोर्दी खोला जल विद्युतका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १८ करोड ४३ लाख ११ हजार ८ सय ९८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, नबिल बैंक, आइसिएफसि फाइनान्स, नेपाल दूरसंचार कम्पनी र नेस्डो सम्बृद्ध लघुवित्तको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा समलिंग पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । समलिंगको सेयरमा यस्तो गिरावट आउँदा मनकामना स्मार्ट लघुवित्त, सिंगति हाईड्रो इनर्जी, सबैको लघुवित्त वित्तिय संस्था, तारागाउँ रिजेन्सी होटल र ग्लोबल आइएमइ सम्मुनत स्किम -१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्