काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२० कम्पनीको ५१ लाख १ हजार २ सय ९० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ०५ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १० करोड ४३ लाख ५८ हजार ८ सय ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा अपर सोलु हाईड्रो इलेक्ट्रीसिटि, स्वेत गंगा हाईड्रोपावर कम्पनी, अपर हेवा खोला हाईड्रोपावर, हिमालयन हाईड्रोपावर लिमिटेड र बलेफी हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १० करोड ४३ लाख ५८ हजार ८ सय ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, शिवम् सिमेन्ट, अरुण काबेली पावर, आइसिएफसि फाइनान्स, हिमालयन डिष्टिलरी र नेस्डो सम्बृद्ध लघुवित्तको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । एनआइबिएल को सेयरमा यस्तो गिरावट आउँदा सपोर्ट माईक्रोफाइनान्स, १०% प्राइम डेभेन्चर २०८८, दोर्दी खोला जल विद्युत, सनराइज ब्लुचिप फण्ड र रिडी पावर कम्पनी मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्