काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ०४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १२ करोड २८ लाख ५० हजार ९ सय ६८ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा अपर हेवा खोला हाईड्रोपावर, एनएमबि ५०, स्वेत गंगा हाईड्रोपावर, सोल्टी होटल र सबैको लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १२ करोड २८ लाख ५० हजार ९ सय ६८ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, नेस्डो सम्बृद्ध लघुवित्त, नेपाल दूरसंचार कम्पनी, हिमालयन डिष्टिलरी, राधि विद्युत र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । रिभर फल्सको सेयरमा यस्तो गिरावट आउँदा हिमालयन हाईड्रोपावर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, एनआइसी एशिया सेलेक्ट फण्ड ३०, बलेफी हाईड्रोपावर र समिट लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्