×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार घट्यो सेयर बजार, १ अर्ब ७२ करोडमाथिको कारोबार हुँदा नेप्से २०५३.१६ बिन्दुमा

PRIME CA

सोमबार घट्यो सेयर बजार, १ अर्ब ७२ करोडमाथिको कारोबार हुँदा नेप्से २०५३.१६ बिन्दुमा

६ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ७.४१ अंकले घटेर २०५३.१३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२२ कम्पनीको ५२ लाख ३० हजार ७ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको २८ करोड १८ लाख ७१ हजार ३ सय २६ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा अपर हेवा खोला हाईड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मन्दाकिनी हाईड्रोपावर, सिटिजन्स म्युचल फण्ड-१, समलिंग पावर कम्पनी, हिमाल दोलखा हाईड्रोपावर कम्पनी र विन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको २८ करोड १८ लाख ७१ हजार ३ सय २६ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, प्राईम कमर्सिअल बैंक, शिवम् सिमेन्ट, अपि पावर कम्पनी, नेस्डो सम्वृद्ध लघुवित्त र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा एनआइबिएल सम्वृद्ध फण्ड -२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । एनआइबिएलको सेयरमा यस्तो गिरावट आउँदा दोर्दी खोला जल विद्युत कम्पनी, स्वेत गंगा हाईड्रोपावर, तारागाउँ रिजेन्सी होटल, सबैको लघुवित्त वित्तिय संस्था र रुरु जल विद्युत परियोजनामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: