×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढ्यो नेप्से, १ अर्ब ३३ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘टुच्च’ बढ्यो नेप्से, १ अर्ब ३३ करोडमाथिको कारोबार

Artha Sarokar

७ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.८५ अंकले बढेर २०५४.९८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड २१ लाख ८९ हजार ७ सय ३७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा रुरु जल विद्युत परियोजनाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मन्दाकिनी हाईड्रोपावर, अपर हेवा खोला हाईड्रोपावर, सानिमा लार्ज क्याप फण्ड, हिमालयन बैंक लिमिटेड र एनआइबिएल सम्वृद्धि फण्ड-२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड २१ लाख ८९ हजार ७ सय ३७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, अपि पावर कम्पनी, शिवम् सिमेन्ट, एनआइसी एशिया लघुवित्त वित्तिय संस्था, प्राईम कमर्सिअल बैंक र सानिमा मै हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सिद्धार्थ इक्युती फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । सिद्धार्थको सेयरमा यस्तो गिरावट आउँदा एभरेस्ट बैंक लिमिटेड, सिटिजन्स म्युचल फण्ड-१, लक्ष्मी इक्युटि फण्ड, लक्ष्मी उन्नति कोष र समलिंग पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी