×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २.८७ अंकले बढ्यो नेप्से परिसूचक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार २.८७ अंकले बढ्यो नेप्से परिसूचक !

Artha Sarokar

८ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २.८७ अंकले बढेर २०५७.८५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२३ कम्पनीको ३६ लाख ७८ हजार ७ सय ५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको १६ करोड ९२ लाख ६६ हजार २ सय ६९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा अपर हेवा खोला हाईड्रोपावर, रुरु जलविद्युत परियोजना,अरुण काबेली पावर, सिन्धु विकाश बैंक र अपर सोलु हाईड्रो इलेक्ट्रिसिटिका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको १६ करोड ९२ लाख ६६ हजार २ सय ६९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, रिडी पावर कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र मन्दाकिनी हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सिद्धार्थ इक्युती फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । सिद्धार्थको सेयरमा यस्तो गिरावट आउँदा गोर्खाज फाइनान्स, एनएलजी इन्स्योरेन्स कम्पनी, कुमारी इक्युटि फण्ड, सामुदायिक लघुवित्त वित्तिय संस्था र सानिमा लार्ज क्याप फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी