×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १८.३० अंकले घट्यो नेप्से परिसूचक !

PRIME CA
GLOBAL IME BANK

बिहिबार १८.३० अंकले घट्यो नेप्से परिसूचक !

९ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९.५४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २१९ कम्पनीको ४२ लाख ३४ हजार १ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २४ लाख ६५ हजार २ सय ६१ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहिबारको सेयर बजारमा अपर हेवाखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा रुरु जलविद्युत परियोजना, नेस्डो सम्वृद्ध लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमइ बैंक डेभेन्चर २०८६/८७ र १०.२५ % माछापुच्छ्रे बैंक डेभेन्चर २०८५ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २४ लाख ६५ हजार २ सय ६१ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, नेस्डो सम्वृद्ध लघुवित्त वित्तिय संस्था, अरुण काबेली पावर, राधि विद्युत कम्पनी, अपि पावर कम्पनी र हिमालयन डिस्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा मैलुंग खोला जलविद्युतका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । मैलुंगको सेयरमा यस्तो गिरावट आउँदा मल्टिपर्पोज फाईनान्स कम्पनी, खानीखोला हाईड्रोपावर, सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था, दोर्दी खोला जल विद्युत कम्पनी र छ्याँग्दी हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: