×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार घट्यो सेयर बजार, १ अर्ब २९ करोडमाथिको कारोबार हुँदा नेप्से २०२२.६२ बिन्दुमा

PRIME CA
GLOBAL IME BANK

शुक्रबार घट्यो सेयर बजार, १ अर्ब २९ करोडमाथिको कारोबार हुँदा नेप्से २०२२.६२ बिन्दुमा

१० भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २१३ कम्पनीको ३५ लाख ८८ हजार ८ सय ३३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड ६८ लाख ६१ हजार ५ सय ४६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी शुक्रबारको सेयर बजारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा अपर हेवा खोला हाईड्रोपावर, एनआइसी एशिया ग्रोथ फण्ड, मल्टिपर्पोज फाईनान्स कम्पनी र समित लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड ६८ लाख ६१ हजार ५ सय ४६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, अरुण काबेली पावर, राधि विद्युत कम्पनी, नेपाल दूरसंचार कम्पनी र युनिभर्सल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा पञ्चकन्या मई हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । पञ्चकन्याको सेयरमा यस्तो गिरावट आउँदा कालिका पावर कम्पनी,ग्रिन डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एनआइबिएल प्रगति फण्ड र गोर्खाज फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: