×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार घट्यो सेयर बजार, २ अर्ब ०५ करोडमाथिको कारोबार हुँदा नेप्से १९८९.२६ बिन्दुमा

PRIME CA
GLOBAL IME BANK

आइतबार घट्यो सेयर बजार, २ अर्ब ०५ करोडमाथिको कारोबार हुँदा नेप्से १९८९.२६ बिन्दुमा

१२ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२४ कम्पनीको ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ०५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको १० करोड ३३ लाख ६१ हजार ९ सय ७४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा राधि विद्युत कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा एनएमबि हाईब्रिड फण्ड एल-१, एनआइबिएल प्रगति फण्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, १० % नबिल डेभेन्चर २०८२ र ८.७५ % प्राइम डेभेन्चर २०८५ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको १० करोड ३३ लाख ६१ हजार ९ सय ७४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, अपि पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी, रिडी पावर कम्पनी र राधि विद्युत कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा रुरु जल विद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । रुरुको सेयरमा यस्तो गिरावट आउँदा अपर हेवा खोला हाईड्रोपावर, मन्दाकिनी हाईड्रोपावर लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाईड्रोपावर र अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: