×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले बढ्यो नेप्से परिसूचक !

PRIME CA
GLOBAL IME BANK

झिनो अंकले बढ्यो नेप्से परिसूचक !

१३ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.७६ अंकले बढेर १९९३.०२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २५ लाख ७६ हजार ७ सय ७८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा रिलायन्स फाइनान्स, मैलुंग खोला जल विद्युत कम्पनी, सिभिल लघुवित्त वित्तिय संस्था, समता घरेलु लघुवित्त वित्तिय संस्था र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २५ लाख ७६ हजार ७ सय ७८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण काबेली पावर, हिमालयन डिस्ट्रिलरी, शिवम् सिमेन्ट, रिडी पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा रुरु जल विद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । रुरुको सेयरमा यस्तो गिरावट आउँदा  एनएमबि हाईब्रिड फण्ड एल-१, एनआइबिएल प्रगति फण्ड, नबिल ब्यालेन्स फण्ड-३, सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर  कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: