×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२१.९७ अंकले घट्यो नेप्से परिसूचक !

PRIME CA
GLOBAL IME BANK

२१.९७ अंकले घट्यो नेप्से परिसूचक !

१५ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२४ कम्पनीको २९ लाख ९२ हजार ८ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १० करोड ७४ लाख ८३ हजार ६ सय २१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा आरबिबि म्युचल फण्ड-१ का लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य १ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा ८.५ % नेपाल इन्भेष्टमेन्ट बैंक डेभेन्चर २०८४, उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था, गणपति लघुवित्त वित्तिय संस्था, दोर्दी खोला जल विद्युत कम्पनी र मैलुंग खोला जल विद्युत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १० करोड ७४ लाख ८३ हजार ६ सय २१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, राप्ती हाईड्रो एण्ड जेनेरल कन्सट्रकशन, नेस्डो सम्बृद्ध लघुवित्त, शिवम् सिमेन्ट र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयनको सेयरमा यस्तो गिरावट आउँदा अपर सोलु हाईड्रो इलेक्ट्रिक, अपर हेवा खोला हाईड्रोपावर, रिलायन्स फाइनान्स, खानीखोला हाईड्रोपावर र स्वेत गंगा हाइड्रोपावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: