×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साउन २७ गते काठमाडौँमा हुँदैछ सेयर तालिम, यस्तो छ सहभागी हुने प्रक्रिया…

काठमाडौँ । अर्थ सरोकारको आयोजनामा काठमाडौँमा एक दिने सेयर तालिमको आयोजना हुने भएको छ । सुबास चन्द्र भट्टराईले दिने सेयर तालिम यहि साउन २७ गते शुक्रबारका दिन आयोजना हुन लागेको हो । १५० जनाको सिमित सिट रहेको सो तालिममा सहभागी हुन अर्थ सरोकारको मोबाइल एप्लिकेसनमा गई training अप्सनमा गई आफ्नो नाम दर्ता गराउनुपर्नेछ ।
‘साउन २७ गते सुबास चन्द्र भट्टराईको जन्मदिन पनि हो । सोहि अवसर पारेर हामीले नि:शुल्क सेयर तालिम आयोजना गरेका छौँ । तर यो सेयर तालिममा सहभागी हुन आफ्नो नाम दर्ता गराउनुपर्नेछ भने हामी नाम दर्ता गराउनेहरुमध्ये १५० जनालाई तालिममा सहभागी गराउनेछौँ।’ अर्थ सरोकारकि प्रमुख संचालन अधिकृत एवम् सो तालिमकि संयोजक राधिका श्रेष्ठ भन्छिन्- ‘हामीले २७ गते सेयर तालिमको आयोजना गर्ने निर्णय गरेका छौँ । तालिम विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । भेनु भने हामी केहि दिनपछि जानकारी गराउनेछौँ ।
श्रेष्ठका अनुसार सो दिन सेयर तालिम सकिएपछि सेयर बजारमा लगानीकर्ताहरुलाई सुसुचित गराउने अभियानमा लाग्नुभएका भट्टराईको जन्मदिन मनाउने कार्यक्रम पनि छ । सेयर बजारका लगानीकर्ता तथा धेरैका गुरु हरि ढकाल र शिव चन्द्रको जन्मदिन पनि साउनमै पर्छ । सो दिन सबैको जन्मदिन एकैपटक मनाउनेगरी तयारी भईरहेको श्रेष्ठको भनाई छ । ‘तीनै जना सेयर गुरुहरु एकै महिनामा जन्मिनुभएको रहेछ  । हामी शुक्रबार विशेष सेयर तालिम गरी सबैको जन्मदिन मनाउनेगरी कार्यक्रम आयोजना गर्दैछौँ । सेयर लगानीकर्तालाई नि:शुल्क सेयर तालिम दिनेगरी जन्मदिन मनाउनेछौँ।’
सो तालिममा सहभागी हुन डाउनलोड गर्नुपर्ने अर्थ सरोकारको मोबाइल एप्लिकेसनको लिंक यहाँ छ  ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: