×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

सेयर बजारमा के गर्दा कमाइन्छ ? कस्तो गल्ती गरे गुमाइन्छ ? यस्ता छन् शिव चन्द्रको डेढ दशकको अनुभव (भिडियोसहित)

BIZBAZAR

काठमाडौँ । सेयर बजारमा बिगत डेढ दशकदेखि निरन्तर लागिरहनुभएका ‘शिव चन्द्र’ले यो बीचमा खुब पैसा कमाए पनि, अनि गुमाए पनि । विद्यार्थी हुँदा देखि नै सेयर बजारमा लागेका उनीसँग सेयर बजारले अथाहा दिएको अनुभवमात्र छैन, सेयर बजारले आधाजसो पैसा हरेको अनुभव पनि छ । उनले गरेका कतिपय गल्तीले उनलाई सेयर बजारमा नमिठो चोट पनि दिएको छ भने गल्तीबाट सिकेर कमाई गर्दा उनलाई यो बजारले अथाहा खुसीसमेत दिएको छ ।

आफ्नो जीवनकालको उर्जाशील समय यहि सेयर बजारमा बिताएका शिवचन्द्रले आखिर कहाँ कहाँ कमाए त ? के गल्ती गर्दा गुमाए त ? नयाँ लगानीकर्ताले के गल्ती गर्नु हुँदोरहेनछ ? अनि सेयर बजारमा प्रवेश गर्दैगर्दा के के कुरामा ख्याल गर्नुपर्दो रहेछ त ? शिव चन्द्रले नयाँ लगानीकर्तालाई यस विषयमा आफ्नो अनुभवका आधारमा टिप्स दिएका छन् ।

अर्थ सरोकारले आयोजना गरेको सेयर सचेतना कार्यक्रममा उपस्थित सहभागीहरुलाई सम्बोधन गर्दै उनले आफुले गुमाएको र कमाएको अनुभवलाई नयाँ लगानीकर्ताले गर्ने गल्तीसँग जोडेका छन् । समग्रमा सेयर बजारमा कम्पनीहरु छान्दा के के कुरामा ध्यान दिने देखि, सेयर बजारमा हुने चलखेलबाट कसरी जोगिनेसम्मका टिप्सहरु शिव चन्द्रले दिएका छन् ।

प्रस्तुत छ, अर्थ सरोकारको प्रस्तुती कार्यक्रम ‘सेयर बजार सुन्दर छ’मा शिव चन्द्रले दिएको सेयर टिप्स :

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal